चर्चामा सेतोपाटी डटकम

काठमाडौं। नेपाली अनलाईन मिडिया जगतमा यतिबेला सेतोपाटी डटकमको पत्रकार,सरकारी सेवाका कर्मचारी,उद्योगी,व्यापारीहरूविच व्यापक चर्चा परिचर्चा भएको पाइएको छ। दुई हस्ती पत्रकार युवराज घिमिरे र नारायण वाग्ले सहितको झण्डै एक दर्जन पत्रकार समेटिएको सेतोपाटी डटकम यतिबेला नेपाली भाषामा संचालित अनलाईन समाचारका समाचार साइट मध्ये चौथो स्थान ओगटेको समाचार स्रोतले बताएको छ। साइटहरूको लेखाजोखा गरि वरियताक्रम उल्लेख गर्ने अर्न्तराष्ट्रिय साइट एलेक्सा डटकमले देखाएको पाठकहरूको साइट भिजिटको अनुपातले संचालन गरेको केहि महिनामै सेतो पाटी डटकमले राम्रो स्थान ओगट्न सफल भएको हो। लामो समयदेखि निरन्तर संचालनमा आएको अनलाइन खबर डटकम नेपालका पाठकले एक नम्बरमै छनोट गरि हेर्दै आएको देखिन्छ। भने २ नम्बरमा इकान्तिपुर डटकम छ। त्यसैगरि तेस्रोमा नागरिक न्युज डटकम छ भने चौथोमा सेतोपाटी डटकम रहेको स्रोतको दाबी छ। त्यसो त अनलाइन समाचारमा माइ संसार डटकम, हाम्रा कुरा डटकम, सिंहदरबार डटकम लगायतको समाचार दिने खबर साइटहरू भित्र पर्दछन। उता कारोवार दैनिकमा कार्यरत पत्रकार प्रकटकुमार शिशिर, लिला घिमिरेले नागरिक दैनिक प्रवेश पाएको बुझिएको छ। त्यसो त रिपब्लिक मिडियामा थोरै पत्रकार स्थायी गर्दा स्थायी हुने भाग्यमानी उमेश श्रेष्ठ अन्नपुर्ण पोष्ट दैनिक प्रवेश गर्नेमा ढुक्क भएर बसेका छन। श्रेष्ठसँगै रिपब्लिकका बाट आधा दर्जन मार्केटिङका कर्मचारी पनि अन्नपुर्ण तिरै आर्कषित भइसकेका छन।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>